|
घुससहित पक्राउ परेका प्रहरी निरीक्षक केशवबहादुर बस्नेत

रुपन्देही : इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रहरी निरीक्षक केशवबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ । 

बस्नेतलाई अख्तियारको टोलीले १५ हजार रुपैयाँ घुससहितपक्राउ गरेको हो। अख्तियार अनुसन्धान दुरुपयोग आयोग, बुटवलबाट गएको टोलीले सूचनाका आधारमा बस्नेतलाई साँझ ६ः३० बजे इलाका प्रहरी कार्यालयबाटै घुससहित पक्राउ गरेको हो । 

अख्तियार बुटवलका  सूचना अधिकृत सुरेश भुसालले बस्नेतलाई थप अनुसन्धानका लागि बुटवल ल्याउँदै गरेको जानकारी दिएका छन् ।

महोत्तरीमा सई पक्राउ

उता महोत्तरीमा पनि प्रहरीका एकजना जुनियर अधिकृत घुससहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रमुख प्रहरी नायव निरीक्षक रामबाबु प्रसाद यादव ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्।

यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बर्दिबासको टोलीले घुससहित रंगेहात पक्राउ गरेको हो। यादवलाई अनुसन्धानका लागि हिरासतमा राखिएको अख्तियारले जानकारी दिएको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.