कम्तीमा एककाे मृत्यु, सय भन्दा धेरै घाइते
कम्तीमा एककाे मृत्यु, सय भन्दा धेरै घाइते
काठमाडौं : कैलाली र कञ्चनपुरमा बिहीबार राति आएको भीषण हावाहुरीमा परेर कम्तीमा एकजनाको ज्यान गएको छ। हावाहुरीबाट दुवै जिल्लामा कम्तीमा एक सय घाइते भएका छन्।
हावाहुरीले कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमै ठुलो क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीका अनुसार टिनका छाना भएका अधिकांश घरमा क्षति ठुलो छ ।
कञ्चनपुरमा घाइतेमध्ये १५ जनालाई उपचारका लागि महकाली अञ्चल अस्पतालमा भर्ना गरिएको छ । जसमा ४ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई उपचारका लागि अन्यत्र रिफर गरिएको अस्पताललले जनाएको छ । कैलालीमा घाइतेको संख्या ५० भन्दा माथि पुगिसकेको छ ।
अस्पतालका अनुसार हावा हुरीका कारण घाइतेहरु आउने क्रम बढिरहेको छ । राति ८ बजेदेखि करिब ४० मिनेटसम्म चलेको हावाहुरीले कैलाली र कञ्चनपुरमा कम्तीमा एकजनाको ज्यान लिएको छ भने कयौँ घाइते भएका छन्।
हेर्नुस हुरीको ताण्डव
तपाईंको ईमेल गोप्य राखिनेछ ।