|

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुमरवानास्थित स्याउली बजारमा ग्यास सिलिण्डर लिक भएर लागेको आगोले जलेर सात जना घाइते भएका छन्।

स्थानिय सुकुमायाँ ब्लोनको घरमा सिलिण्डर लिक भएर आगो लाग्दा उनको परिवारका चारजनासहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।  

घाइते सबैको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये एकको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। सिलिण्डरमा रेगुलेटर जोड्ने क्रममा आगाे लागेकाे घाइते सुकुमायाँ ब्लोनले बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.