|

रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीबार राति १२ किलो गाँजासहित चारजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट गौरका प्रहरी निरीक्षक

पप्पु नायकको नेतृत्वमा गएको टोलीले गौर नगरपालिका-४ बकैया नदीको बाँध सडकमा राति नेपालबाट भारततर्फ जान लागेका भारत शिवहर थाना पिप्राडी ग्राम बेलवा नरकटिया १ का २२ वर्षीय विजय राय पछाडि बसेको र २४ वर्षीय अमोद सहनीले चलाएको मोटरसाइकलबाट गाँजा बरामद गरेको थियो।

बिआर५५ए २२४२ को मोटरसाइकल चेक जाँचगर्दा सिटको कभरभित्र लुकाइराखेको १० किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नवीन कार्कीले जानकारी दिएका छन्।

यसैगरी  यमुनामाई गाउँपालिका-४ सरुअठाबाट पनि प्रहरीले रमेशकुमार साह र इनरजित साहलाई उनीहरूको घरबाट २ किलो गाँजासहित पक्राउ गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.