|

काठमाडौं : प्रियंका कार्की र पल शाह नेपाली चलचित्र क्षेत्रमा व्यस्त कलाकार हुन् । उनीहरुले सयौं म्युजिक भिडियोमा अभिनय गरेका छन् । 

तर, जोडीका रुपमा उनीहरु कमै देखिन्छन् । शुक्रबार ब्युटीपार्लर बोलको गीतको म्युजिक भिडियोमा पल र प्रियंका जोडीका रुपमा देखिएका छन् ।
मेलिना राई र ध्रुव बिस्कोको स्वर रहेको गीतको भिडियोमा पल र प्रियंकासँगै सकिना इटानी पनि देखिएकी छिन् । 

सरोज ओलीको निर्देशनमा बनेको म्युजिक भिडियोलाई सुदिप बरालले खिचेका हुन् । राजीव समरको कोरियोग्राफी रहेको भिडियोलाई सन्देश शाहले सम्पादन गरेका हुन् ।  

दीपक शर्माको संगीत र श्रमिक बरालको शब्द रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.