|

दुबई : ओमानबाट दुबई गइरहेको एउटा बस दुर्घटना हुँदा १२ भारतीयसहित १७ जनाको ज्यान गएको छ। भारती विदेश मन्त्री एस जयशंकरले यसको पुष्टि गरेका छन्। 

दुबईस्थित भारतीय दूतावासका अनुसार दुर्घटनामा मारिएका मानिसको परिवारसँग सम्पर्क गरिएको छ। अन्य मृतकको पहिचान गरेर उनीहरूका परिवारमा चाँडै जानकारी दिन लागिएको छ।

दुबई पुलिसका अनुसार दुर्घटना बिहीबार साँझ स्थानीय समयानुसार करिब ६ बजे भएको हो। बस दुबईका शेख मोहम्मद बिन जाएद सडकमा नियन्त्रण गुमाएर साइनबोर्डमा ठोक्किन पुगेको थियो। बस चलाउने कम्पनी म्वासालतलले मस्कट-दुबई मार्गमा सेवा बन्द गरेको छ। 

भारतीय दूतावासको तर्फबाट जारी गरिएको विज्ञप्तिमा ज्यान गुमाउनेका परिवार अस्पताल पुगेका जनाइएको छ।मृतकको पहिचानका लागि पुलिस जुटेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.