|

काठमाडौं : पछिल्लोपटक साहित्य बजारमा आएका किताबको सूचीमा `गोहो´ को आफ्नै किसिमको चर्चा छ। सोही पुस्तकमाथि शनिबार चितवनमा अन्तरक्रिया गरिएको छ।  किताबमाथि समीक्षकद्वय डा. एकनारायण पाैडेल र रमेश प्रभातले टिप्पणी गरे।

'सम्पूर्ण किताब एक बसाइँमा पढेर सकिन्न। तर, हरेक कथा एक बसाइमा पढेर सकिने खालका छन्,' गोहोमाथि बोल्दै समीक्षक डा. एकनारायण पौडेलले भने, 'कथामा पारम्परिक बिम्बका अलावा लेखकले आफैँ सिर्जना गरेका बिम्बको राम्रो प्रयोग भएको छ।' उनले कथाले उठान गर्न खाेजेकाे विषयमाथि प्रकाश पार्दै   गोहो कथगा संग्रह भित्रका अधिकांश कथाले द्वन्द्वकालीन समयका घटनाक्रमलाई प्रस्तुत गरेको बताए।

अर्का समीक्षक रमेश प्रभातले सामाजिक परिवेशमा लेखिएका कथाहरू पठनीय खालका भएको बताए। उनले गाेहाेले विगत दशककाे समकालीनता बाेलेकाे बताए। 

'हामीले निकट विगतकाे दशकमा जुन जीवन बाँचेर आयाैँ त्यसकाे राम्राे चित्र छ', उनले भने, ' गाेहाेका कथामा सामाजिक जीवनलाई द्वन्द्वले पार्ने असर कतै न कतै आएकै छ। यति हुँदाहुँदै पनि कथामा प्रजातान्त्रिक साेच हाबी भएकाे हाे कि भन्ने लाग्छ।

अर्थात्- जनयुद्धका सकारात्मक प्रभावमाथि भने कथाकार माैन छन् ।' किताबकाे शक्तिकाे बारेमा चर्चा गर्ने क्रममा प्रभातले भने, `समाजकाे वास्तविक घटनाजस्ता लाग्ने समाचारमा मात्रै पढिँदै आएका कुराहरूकाे सुन्दर आख्यानीकरण भएकाे छ।'

 पुस्तकमाथी सुरेन्द्र अस्तफल, ईश्वर कँडेल, विजय विश्वकर्मा र सन्ध्या सापकोटाले पनि आफ्ना टिप्पणी राखेका थिए। जिके पोखरेल लेखन र सम्पादनका अलावा प्राध्यापन गर्छन्। २०६४ सालदेखि कथा लेखन थालेका पोखरेलका यसअघि जून निदाएको रात (२०६९) र स्वाभिमानको चिता (२०७०) कथासङ्ग्रह प्रकाशित छन् । कार्यक्रम अक्षरसमूहले आयोजना गरेको हो। `गोहो´ कथा संग्रहमा १० कथा समावेश छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.