|

अर्घाखाँची : अर्घाखाँची घर भई काठमाडौं मेडिकल कलेजमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत विधार्थी हराएको ८ दिनपछि  शनिबार मृत अवस्थामा भेटिएका छन्।  

अर्घाखाँची भुमिकास्थान नगरपालिका– १ ढाकावाङ घर भएका २४ वर्षीय शिशिर खनाल काठमाण्डौंबाट गत जेष्ठ १७ गतेदेखी वेपत्ता भएका थिए। खोजी गर्ने क्रममा खनालको शव कीर्तिपुरस्थित पुष्पलाल पार्क नजिकै जंगलमा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। फेला परेको शव सडेको अवस्थामा भेटिएको र हत्या वा आत्महत्या के हो भन्ने पोष्टमार्टमपछि मात्र पत्ता लाग्ने प्रहरीको भनाइ छ।

 शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको छ। उनको शव फेला पार्नुअघि प्रहरीले कीर्तिपुरको पुष्पलाल पार्कमा मोटरसाइकल फेला पारेको थियो। घरबाट रातो रंगको बा ८७ प ७८०४ नम्बरको पल्सर बाईक चढेर निस्किएका शिशिर मोबाईल नम्बरबाट स्थान पहिचान गर्दा ललितपुरको धोवीघाट देखिएको प्रहरीले पत्ता लागे थियो।    

उनको मोटरसाइकल कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिएपछि प्रहरीले सोही क्षेत्रमा ‘सर्च’ अप्रेसन गरेको थियो।  शिशिरका दुवै मोबाइल पहिलैदेखि अफ थिए। 
शिशिर काठमाडौं मेडिकल कलेजमा एमबीबीएस चौथो (अन्तिम) वर्षमा अध्ययनरत थिए । 

शिशिर  दाजुभाउजुसँग काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए। अर्घाखाँची स्थायी बसोबास भए पनि लामो समयदेखि खनाल परिवार कोटेश्वरमामा घर किनेर काठमाडौंमा  बस्दै आएको छ। शिशिरको आमाबुबासहित परिवारका अन्य सदस्यको ०५८ सालमा सडक दुर्घटनामा ज्यान गएको थियो। प्रहरीका अनुसार क्रिकेट खेल्ने र हेर्ने बाहेक शिशिर अध्ययनमै ब्यस्त थिए। उनको प्रेम सम्बन्ध र ब्यक्तिगत रिसइबीसमेत केही नदेखिएको र   उनले डिप्रेसनको औषधी नियमित सेवन गरिरहेका  थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.