|

 भेनेजुएला र कोलम्बियाबीचको सीमा नाका चार महिनापछि खुलेको छ।

फेब्रुअरीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सीमा नाका बन्द गरेका थिए। आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता हुँवा गोइदोले अमेरिकालगायतका देशबाट मानवीय सहायताका सामान भित्र्याउन आह्वान गरेपछि राष्ट्रपति मदुरोले सीमा नाका बन्द गरेका थिए।

लामो समयदेखि आर्थिक संकटमा गुज्रिरहेको भेनेजुएलामा मानवीय सहायतासमेत उपलब्ध हुन नसकेपछि विपक्षी नेता हुँवा गोइदोले सहायता उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए। तर, राष्ट्रपति मदुरोले भने अमेरिकालगायतका युरोपेली मुलुकबाट कुनै पनि हालतमा सामानहरु भित्रिन नदिने अडान राख्दै सीमा नाका बन्द गराएका थिए।

विपक्षी नेताको आह्वानअनुसार अमेरिकालगायत युरोपेली मुलुकहरुले भेनेजुएलाका लागि मानवीय सहायता बोकेका गाडि कोलम्बियाको कुकुतासम्म पु¥याएका थिए। तर, नाका बन्द भएपछि ती सामान भेनेजुएला भित्रन पाएका थिएनन् ।

सीमा बन्द भएपछि लाखौं भेनेजुयाली नागरिक उपभोग्य सामान खरिद गर्नबाटसमेत बञ्चित हुँदै आएका थिए। बन्द भएको सीमा खुला गरिएसँगै भेनेजुएलाका लाखौं नागरिक अत्यावश्यकीय सामान खरिदका लागि कोलम्बियाको सीमापारी पुगेका छन्। सन् २०१५ यता ४० लाख भेनेजुयाली नागरिक विस्थापित भएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.