|

धम्बोजी : बर्दियाको सीमावर्ती क्षेत्रमा पर्ने ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ। गुलरिया–९ डिब्बा भन्ने गाउँमा भएको दुर्घटनामा १४ घाइते भएको प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए।

भारतको बहराइच जिल्ला लक्कडबाबामा मेला हेरेर फर्किने क्रममा भे१त ५७५२ नंको ट्र्याक्टर दुर्घटना हुँदा गुलरिया–८ का नौ वर्षीय समुन लोधको मृत्यु भएको हो। नेपालगञ्जस्थित नर्सिङहोममा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

घाइतेमध्ये गुलरिया–८ कै १५ वर्षीया नीलम लोध र नौ वर्षीया सुमनकुमारी लोधको अवस्था गम्भीर छ। जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि दुवैलाई नेपालगञ्ज लगिएको छ। नीलम र  सुमनकुमारीको अवस्था चिन्ताजनक भएकाले नेपालगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक मदन सिंहले बताए।

वर्षेनी जेठ महिनामा लाग्ने लक्कडबाबा मेला हेर्न बर्दियाका आठवटै स्थानीय तहको प्रत्येक बस्तीबाट धेरै सङ्ख्यामा नेपाली तिर्थालु त्यहाँ जाने गर्छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.