|
समाचार प्रतिनिधि तस्बिर

कोलकाता : भारतको पश्चिम बंगालमा आइतवार भएको हिंसात्मक झडपमा कम्तीमा चारजना मारिएका छन् । पश्चिमबंगलाको उत्तरस्थित २४ परगना जिल्लामा शनिबार साँझ भएको झडपमा चारजना मारिएका हुन्।

समाचार अनुसार भाजपाको झण्डा निकालिएपछि गोली हानाहान भएको हो। भाजपाले आफ्ना तीन र तृणमूलका एक कार्यकर्ताको मारिएको जनाएको छ। 

भाजपाका प्रदेश महासचिव सायंतन बसुले भने, 'संदेशखलीमा तृणमूल कार्यकर्ता भाजपाको झण्डा निकालिरहेका थिए। हाम्रा कार्यकर्ताले रोक्न खोज्दा गोली चलाइदिए।'

उता तृणमूलले भने कार्यकर्ताले भने आफ्ना कार्यकर्तालाई अपहरण गरेर गोली हानिएको दाबी गरेको छ। तनावलाई देखेर त्यहाँ ठुलो संख्यामा पुलिस परिचालित गरिएको छ। 

सायन्तन बसुले गोली चलाइँदा सुकान्ता मण्डल, प्रदीप मण्डल र शंकर मण्डलको ज्यान गएको छ। तीनैजनाको शव बरामद भइसकेको छ। अझै दुई कार्यकर्ता बेपत्ता छन्। भारतीय गृहमन्त्री अमित शाहलाई रिपोर्ट पठाइएको छ । 

अपहरणपछि हत्या

तृणमूलले पनि एक कार्यकर्ताको हत्या गरिएको दाबी गरेको छ। पार्टीका वरिष्ठ राज्यमन्त्री ज्योतिप्रियो मलिकले भाजपा कार्यकर्ताले अपहरणपछि तृणमूल समर्थक कयूम मुल्लालाई गोली हानेर हत्या गरिएको बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.