|

बुटवल  ः रुपन्देहीको देवदहमा एक जना युवकको हत्या भएको छ।  देवदह नगरपािलका –८ विशालनगरका २८ वर्षीय सुमन थापाको हत्या भएको देवदह प्रहरी चौकी खैरेनीका प्रहरी निरीक्षिक दिपक महतले जानकारी दिए। 

हत्या गरिएका थापा शनिबार  बेहोस अवस्थामा फेला परेको र उपचारको क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको  प्रहरीले जनाएको छ।  निरीक्षक महतका अनुसार थापाको निधार र छातीमा निलडाम देखिएको थियो।

यस्तै प्रहरीले थापाको हत्यामा संलग्न भएको आशंकामा ५ जनालाई नियन्त्रणमा अनुसन्धान थालेको छ। नियन्त्रणमा लिई  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल लगिएको कार्यालय प्रमुख डिएसपी डिलबहादुर मल्लले जानकारी दिए।  

देवदह क्षेत्रमा यस भन्दा अघि युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारी, युवा संघका कार्यकर्ता बलु पौडेल र तरुण दलका कार्यकर्ता अनिस पुरीको हत्या भइसकेको छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.