पूर्वी नवलपरासी : पूर्वी नवलपरासीको चोरमारा बजारमा एउटा बस अनियन्त्रित भएर घर भित्र छिरेको छ। ना२ ख ९०२६ नम्बरको बस अनियन्त्रत भएर घरमा ठोक्किँदा आँगनमा बसिरहेका तीन महिला गम्भीर घाइते भएका छन् ।
सडकबाट हुत्तिएको बस घरभित्र छिरेको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल मध्यबिन्दुमा पठाइएको चोरमाराका सहायक प्रहरी निरिक्षक भीम प्रसाद ढकालले जानकारी दिए।
घाइतेहरुको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस वसन्तपुरबाट चोरमारा बजारतर्फ आइरहेको थियो ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।