|

गोरखा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्नुपर्नेमा जोड दिए।

नेपाली कांग्रेस गोरखाको दोस्रो गोरखा नगरसभालाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले राष्ट्रिय गौरवको आयोजनामा नेपाली जनताको लगानी भएमा त्यसको दीर्घकालीन फाइदासमेत नेपाली नै लिन पाउने भन्दै विदेशी कम्पनीलाई निर्माणको जिम्मा दिन नहुने बताए।

सभापति देउवाले भने, 'नेपालीसँग पैसा छ। नेपाली जनतालाई नै लगानीको अवसर दिनुपर्छ।' सभापति देउवाले चिनियाँ गोजुवा कम्पनी समयमा आयोजना निर्माण गर्ने खालको कम्पनी नभएको भन्दै गोजुवालाई आयोजना निर्माणको ठेक्का दिन नहुने तर्क गरे।

सभापति देउवाले विनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई आयोजना निर्माणको जिम्मा दिनु शंकास्पद रहेको दाबीसमेत गरे। 'गोजुवाले तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने आयोजना जिम्मा लिएर १८ वर्ष लगाएको उदाहरण छ', उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.