|

इलाम : सुरुवाती अग्रता जोगाउन नसक्दा फ्रान्समा जारी महिला विश्वकपमा अष्ट्रेलियाले महत्वपूर्ण ३ अंक गुमाएको छ। समुह ‘सी’ को पहिलो खेलमा अष्ट्रेलियालाई इटालीले २–१ गोल अन्तरले हराएको हो। स्टेट डु हाइटनमा भएको खेलको २२ औ मिनेटमा कप्तान सामन्था केरले सुरुवाती अग्रता दिलाएकी थिइन।

इटालीकी कप्तान सारा गामाले केरलाई पेनाल्टी एरिया नजिकै फाउल गरेपछि पाएको अवसरमा केरले गोल गरेकी थिइन। उनले पेनाल्टी प्रहार गोलरक्षक लाउरा गुइलिएनीबाट रिवाउन्ड भएर आएपछि पुनः प्रहार गर्दै जाली चुमाइन। 

पहिलो हाफमा १–० को अग्रता बनाएको अष्ट्रेलियाले खेलको ५६ औ मिनेटमा गोल खान पुग्यो। डिफेन्डर क्लेयर पोल्किङहोर्नको गल्तीको फाइदा उठाउदै बारबारा बोनसाइले खेल बराबरीमा ल्याइन। त्यसपछि खेलमा पहेँलो कार्डको बर्षा भयो। २० मिनेटको अवधिमा इटालीका २ र अष्ट्रेलियाकी एक खेलाडीले पहेँलो कार्ड पाइन। 

९० मिनेटको अवधिमा बराबरी भएको खेलको इन्जुरी समयमा बारबाराले व्यक्तिगत दोश्रो गोल गरेपछि इटालीले महत्वपूर्ण ३ अंक बटुल्दै समूहको शीर्ष स्थानमा रहन सफल भयो। फ्रि किकमार्फत आएको बललाई हेडरमार्फत जाली चुमाउँदै उनले जित निश्चित गराइन।

प्रतियोगिता अन्र्तगत समूह ‘सी’ को दोश्रो खेलमा नेपाली समय अनुसार ७ः४५ बजे ब्राजिलले जमैकाको सामाना गर्दैछ। त्यसैगरी ९ः४५ बजे समूह ‘डी’ को पहिलो खेलमा इङ्ल्यान्डले स्कटल्यान्डको सामना गर्दैछ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.