म्यानचेस्टर : बेललायतको म्यानचेस्टर एयरपोर्टमा शनिबार एक महिलाले पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को विमानमा रहेको इमरजेन्सी गेट खोलिदिइन्। ती महिलाले इमरजेन्सी गेटलाई शौचालय ठानेर त्यसो गरेकी थिइन्। यस घटनाका कारण त्यो जहाज ७ घण्टा ढिलो उड्न सक्यो।
पीआईएका अनुसार जहाज म्यानचेस्टरबाट इस्लामाबादका लागि उड्ने तयारीमा थियो। घटना जब भयो तब पीके ७०२ जहाज रनवेमा उड्ने तयारीमा थियो। एक महिलाले गल्तीले शौचालय ठानेर इमरजेन्सी गेटको बटन दबाइदिइन्।
एयरलाइन्सका अनुसार यो जहाजमा ४० यात्रु सवार थिए। घटनाका कारण जहाजको उडानमा ७ घण्टा ढिला भयो। यो घटनापछि पुनर्जाँचका लागि सबै यात्रुको सामानसमेत जहाज बाहिर निकालियो।
यस क्रममा सबै यात्रुका लागि खाने व्यवस्था गरिएको थियो। सबै चेकजाँच सकेर सात घण्टापछि जहाज इस्लामावादका लागि उड्यो।
पछिल्ला धेरै वर्षदेखि पीआईए घाटामा चलिरहेको छ। पाकिस्तान सरकार यस एयरलाइन्सलाई व्यवस्थित गरेर घाटाबाट उक्सिने प्रयासमा जुटिरहेको छ। एयरलाइन्सका प्रमुख कार्यकारी एयर मार्शल अर्शद मलिकले घटनाको जाँच गर्न आदेश दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।