|

एजेन्सी : भारतीय टेलिभिजन रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका दुई बालगायक तेस्रो र चौथो भएका छन्। जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । अर्का नेपाली बालक आयुष केसी चौथो भएका छन् ।

आइतबार साँझ भएको जी टीभीको फाइनल कार्यक्रममा उत्रिएका प्रितम आचार्य तेस्रो हुँदा आयुष केसी चौथो भएका हुन्। फाइनल राउन्डमा ६ जना पुगेका थिए।

आयुषको स्थायी घर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-१ हो। हाल उनी भक्तपुरमा बसेर  मोर्डन बोर्डिङमा कक्षा ७ मा पढ्छन्। प्रितम इटहरीको विश्व आदर्श विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन्। 

२०६५ जेठ १० मा जन्मिएका प्रितमले ४ वर्षदेखि गीत गाउन थालेका थिए । कक्षा ६ मा अध्ययनरत उनी २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो भएका थिए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.