|

कपिलवस्तु : वाणगंगा नगरपालिका–१ वुङ्चीकी ३९ वर्षीया गीता चौधरीको श्रीमानले इँटा प्रहार गर्दा मृत्यु भएको छ। गीताको आइतबार अगमान चौधरीले हत्या गरेका हुन्।

मादक पदार्थ सेवन गरेर अपराह्न ४ बजे घर आएका अगमानलाई गीताले सामान्य गाली टाउकोमा इँटाले प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। इँटाले हानेपछि गीता ढलेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। जानकारीलगत्तै घटनास्थलमा प्रहरी आई घाइतेलाई बुटवलस्थित प्रादेशिक अस्पताल लगेर उपचार गरे पनि गीतको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न अममानलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार पाण्डेले जानकारी दिए।

कपिलवस्तुमा चार महिनाको अवधिमा तीन महिलाको हत्या भएको छ। गत फागुनदेखि जेठसम्म तीन महिलाको हत्या भएको हो। उक्त तीनवटै हत्यामा श्रीमान् संलग्न रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.