|

इलाम : क्रिस्टियनको ह्याट्रिकको मद्दतमा ब्राजिलले नवप्रवेशी जमैकामाथि ३–० को जित दर्ता गर्दै महिला विश्वकपमा सुखद सुरुवात गरेको छ । 

खेलको १५ औं मिनेटमा मिडफिल्डर एन्ड्रेसाको क्रसमा अनमार्क रहेकी क्रिस्टियनले हेडरमार्फत गोल गरेकी थिइन्। निरन्तर दबाब झेलेको जमैकाले ५० औं मिनेटमा दोस्रो गोल व्यहो¥यो । सिक्स यार्ड बक्स नजिकै पाएको अवसरमा जमैकाकी गोलरक्षक सिडनी स्नाइडरलाई बिट गराउँदै क्रिस्टियनले अग्रता दोब्बर बनाइन्। पुनः ६४ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

खेलमा आधा दर्जनभन्दा बढी अवसर ब्राजिलले सदुपयोग गर्न सकेन। ३८ औं मिनेटमा पाएको पेनाल्टीको अवसर एन्ड्रेसाले सदुपयोग गर्न सकिनन्। उनको प्रहार गोलरक्षकले रोकेकी थिइन्। खेल अवधिभर ब्राजिलका दुई जना खेलाडीले पहेंलो कार्ड पाएका थिए भने जमैकाको एक जनाले पहेंलो कार्ड पाइन्। 

विश्वकपको समूह चरणको पछिल्लो १५ खेलमा ब्राजिल अपराजित रहेको छ। उसले १३ जित र दुई बरावरी गरेको छ। जितसँगै इटालीलाई गोल अन्तरको आधारमा पछि पार्दै ब्राजिल समूहको शीर्ष स्थानमा उक्लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.