|

अष्ट्रियाका डोमेनेक थेमलाई पराजित गर्दै राफेल नाडालले  १२ औं पल्ट फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन्। 

सन् २०१८ को फाइनल नै दोहोरिएको खेलमा थेमको कठिन चुनौति पन्छाएर नाडाल ग्राण्डस्लामको उपाधि १२ पल्ट जित्ने पहिलो खेलाडी बने। उनले थेमलाई  ६–३, ५–७, ६–१ र ६–१ को सेटमा पराजित गरे। यो 

नाडाल अब रोजर फेडेररको सर्वकालीन कीर्तिमानी २० ग्राण्डस्लाम उपाधिबाट २ उपाधिले पछाडि तथा नोभाक जोकोभिचभन्दा ३ उपाधिले अगाडि छन्। दोस्रो वरियताका यी खेलाडीले फ्रेन्च ओपनमा ९३ जितेको कीर्तिमान पनि बनाएका छन्।

यो नाडालको करिअरमा ८२ औं उपाधि हो भने ९ सय ५० औं जित हो। सानदार शट र शारीरिक कमजोरीका बाबजुद ५३ मिनेट चलेको पहिलो सेटमा एक समय थेमले ३–२ को अग्रता लिएका थिए।  थिमले आफ्नो करिअरमा नाडालबिरुद्ध चौथोपल्ट पराजय ब्यहोरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.