|

फिल्म निर्देशक, लेखक तथा कलाकार गिरिश कर्नाडको  ८१ वर्षको उमेरमा निधन भएको छ। उनको जन्म सन् १९३८  मा भएको थियो। सन् १९७० मा कन्नड फिल्म 'संस्कार' चलचित्रबाट करिअर सुरु गरेका कर्नाडले राष्ट्रपतिबाट कन्नड फिल्ममा उनको योगदानलाई कदर गर्दै गोल्डेन लोटस पुरस्कार प्राप्त गरेका थिए।

उनले आरके नारायणको पुस्तकमा आधारित टेलिसिरियल 'मालगुड़ी डेज़'मा उनले स्वामीको भूमिका निर्वाह गरेका थिए। उनको आन्तिक चलचित्र 'अपना देश थि' अगस्टमा प्रदर्शनमा आएको थियो। भने बलिउडमा उनको अन्तिम चलचित्र 'टाइगर जिन्दा हे' अभिनय गरेका थिए।

यसका अलवा उनले हिन्दी चलचित्र निशान्त, मंथन, पुकार, इकबाल, डोर, तस्वीर, आशाए र एक था टाइगरलगायत चलचित्रमा अभिनय गरेका थिए। उनी केवल कलाकार मात्र होइन कुशल नाटककार पनि थिए।

उनको नाटक जिस बाद में नाटक अंग्रेजीमा पनि अनुवादन भएको छ।  ययाती, तुगलक, हयवदन, अंजु मल्लिगे, अग्निमतु माले, नागमंडल, अग्नी ओर बरखा नाटकहरू प्रसिद्ध रहेका छन्।

कर्नाडले सन् १९९४ मा साहित्य अकादमी, १९९८ मा ज्ञानपीठ, १९७४ मा पद्म श्री, १९९२ मा पद्म भुषण, १९७२ मा संगीत नाटक अकादमी, १९९२ मा कन्नड साहित्य अकादमी पुरस्कार, १९९८ मा ज्ञानपीठ र १९९८ मा कालिदास सम्मान पुरस्कार प्राप्त गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.