|

पोखरा : पोखराको नयाँपुलबाट मुत्तिनाथ मन्दिरसम्मै केबलकार सञ्चालन गर्ने उदेश्यले मुक्तिनाथ दर्शन केबलकार आयोजनाले अहिले विस्तृत परियोजनाको काम अघि बढाएको छ। गत वर्षको भदौमा लगानीबोर्ड मार्फत मुक्तिनाथ केवलकार आयोजनाको अनुमति पाएको कम्पनीले डेढ वर्षभित्र इआइए, डीपीआर लगायत लागत अनुमान समेत टुंग्याउने गरी समय पाएको छ।

८४ किलोमिटर लामो केबलकार दुरीको हुने यस केबलकार आयोजना सम्पन्न भए विश्वकै सबैभन्दा लामो दूरीको केबलकार परियोजना बन्नेछ। समुन्द्रिक सतहबाट करिब एक हजार मिटर उचाइको पोखराबाट ३५ सय मिटर उचाइको मुक्तिनाथ मन्दिरसम्मको जोखिम र लामो दुरीको केबलकार सञ्चालन गर्न अनुमति पाएसँगै डिपीआर बनाउने कामले तिव्रता पाएको हो। 

जहाजबाट अध्ययन 

पहाडी भूगोलबाट उच्च हिमाली भेगसम्म जोड्ने उक्त केबलकार परियोजनाको अध्ययनको लागि पनि भौगोलिक हिसाबले समस्या भएको छ। सोही समस्या भएकै कारण मुक्तिनाथ केवलकार आयोजना कम्पनीले अस्ट्रेलियाबाट विशेष विमान भित्र्याएर अध्ययन थालेको छ। एकै पटक लामो दूरीको अध्ययन र नापजाँच गर्न सकिने भएकोले जहाजको प्रयोग भएको कम्पनीका इन्जिनियर विकास त्वानाबासुले जानकारी दिए। 

‘अस्ट्रेलियाको एएमएम कम्पनीसँगको सहकार्यमा जहाज ल्याइएको छ’, उनले भने, ‘जहाजले नापजाँचदेखि त्यस क्षेत्रको भौगोलिक अवस्थाको तथ्यांक लिने काम गरिरहेको छ।’ सेस्ना एफ ४०६ क्याराभान जहाजको सहयोगले दुई हप्तादेखि अध्ययनको काम गरिरहेको छ। 

नागरिक उड्ययन प्राधिकरण काठमाडौँबाट मुक्तिनाथ केबलकारको अध्ययनको लागि अनुमति लिएर अहिले उक्त जहाज हरेक दिन काठमाडौँबाट मुक्तिनाथसम्म उड्ने गरेको छ। प्राविधिक हिसावले निर्माण गर्न सकिने देखिएको उक्त परियोजनाको विस्तृत रिपोर्ट आएपछि बाँकी कामहरू अघि बढ्ने इन्जिनियर त्वानाबासुले जानकारी दिए। 

५० अर्बको लागत अनुमान 

हुन विस्तृत अध्ययन रिपोर्ट आइसकेको छैन। तर पनि आयोजनाले केबलकार परियोजना बनिसक्दा ५० अर्ब खर्च लाग्ने अनुमान गरेको छ। केबलकार परियोजना निर्माणको लागि विभिन्न विदेशी कम्पनीसँग ऋण लिन मुक्तिनाथ केबलकार आयोजनालेको टिमले छलफल अघि बढाइरहेको उनले बताए। 

ठाउँमा ठाउँमा 'रेस्ट स्टेशन'

लामोसँगै उच्च तल्लो भेगबाट सिधै उच्च हिमाली भेगको यात्रा हुने भएकोले ठाउँ ठाउँमा यात्रु ओर्लनु पर्ने हुन्छ। त्यसको लागि आयोजनाले रेस्ट स्टेशन बनाउने छ।सिधै उचाइमा जान नसक्नेहरुले एक रात त्यहीँ रेस्ट स्नेशनसँगैका होटलहरूमा बास बस्नु पर्नेछ। 

८४ किलोमिटरको प्रारम्भिक अनुमान 

प्रारम्भिक अध्ययनले ८४ किलोमिटर लामो दूरीको परियोजना ७७७ वटा टावर रहने छन्। 

यस्तो हुनेछ भाडा दर 

अहिले केबलकारको विस्तृत अध्ययन नै जारी छ। कम्पनीले तीन प्रकारको भाडादर निर्धारण गरिसकेको छ। केबलकार चढेर मुक्तिनाथ जाने नेपाली यात्रुले छ हजार रुपैयाँ तिर्नुपर्छ। त्यस्तै एशियाली मुलुकका यात्रुहरूले नौ हजार ६०० रुपैयाँ तिर्नुपर्छ। अन्य विदेशी यात्रुले भने २०० अमेरिकी डलर भाडा बापत तिर्नु पर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.