|

इस्लामावाद : पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जरदारी पक्राउ परेका छन्। पाकिस्तान पिपुल्स पार्टीका सहप्रमुख समेत रहेका जरदारीलाई नेशनल एकाउन्टबिलिटी ब्यूरो एनएबीको टोलीले पक्राउ गरेको हो। 

इस्लामावाद उच्च अदातलले कालो धनलाई सेतो बनाएको मुद्दामा जरदारी र उनकी बहिनी फरयाल् तालपुरलाई अग्रिम जमानत दिन माग गर्दै दायर याचिका खारेज गरिदिएको छ। 

न्यायाधीश आमिर फारुक र मोहसिन अख्तर कियानीको इजलासले जमानतको रिट खारेज गर्दै जरदारीलाई पक्राउ गर्न आदेश दिएको पाकिस्तानी अनलाइन डनले लेखेको छ। 

जरदारी र उनकी बहिनीमाथि झुटो विवरणबाट बैंक खाता खोलेर देशबाहिर रकम पठाएको आरोप छ। उनीहरुले गलत विवरणको बैंक खातामार्फत ४.४ अर्ब रुपैंया देश बाहिर पठाएको आरोप लगाइएको छ। 

अदालतको आदेशलगत्तै इस्लामावाद स्थित जरदारीको घरमा ठूलो संख्यामा सुरक्षाकर्मी पुगेका थिए। उनलाई पक्राउ गरी एनएबीको रावलपिंडी कार्यालय लगिएको छ। 

अदालतको फैसला लगत्तै पाकिस्तान पिपुल्स पार्टी (पिपीपी)ले परामर्श बैठक डाकेर आगामी कानुनी विकल्पबारे छलफल गरेको छ। जरदारीसमक्ष इस्लामावाद उच्च अदालतको निर्णयलाई चुनौती दिने विकल्प रहेको। 

पीपीपीका सहप्रमुख जरदारी पक्राउ परेपछि उनका छोरा बिलावल भुट्ठोले आप्mना कार्यकर्ताहरुसँग शान्त रहन अपील गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.