|

मकवानपुर : नेत्रविक्रम चन्द विप्ल नेतृत्वको नेकपाका तीन कार्यकर्तालाई भीमफेदी कारागारमा चलान गरिएको छ। विप्ललव समूहका मकवानपुरका इञ्चार्ज वीरबहादुर घलानसहित अन्य दुई कार्यकर्ताला जिल्ला अदालत मकवानपुरले कारागार पठाएको हो।

घलानलाई जिल्ला अदालत मकवानपुरले गत जेठ १३ गते कारागार पठाएको थियो । जिल्ला न्यायाधीश ध्रुववकुमार पियाको एकल इजलाशले २५ हजार धरौटी लिइ उनलाई तारेखमा छोड्न आदेश दिएको थियो। तर घलानले धरौटी नतिरेपछि कारागार पठाइएको हो।

त्यसैगरी अदालतले विप्लव समूहका मकवानपुरका आर्थिक विभाग प्रमुख सूर्य अर्याल र कार्यकर्ता राजकुमार पाख्रिनलाई पनि हिजो जेठ २६ गते कारागार पठाएको छ।

जिल्ला न्यायाधीश षडानन्द तिवारीको एकल इजलाशले उनीहरुलाई पाँच-पाँच हजार धरौटी लिइ तारेखमा छोड्न आदेश दिएको थियो। तर उनीहरुले  धरौटी रकम नतिरेपछि कारागार चलान गरिएको हो। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.