|

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको प्रमुख बन्न १० जनाको मनोनयन दर्ता भएको छ। संसदमा बहुमत रहेको कन्जरभेटिभ पार्टीको नेतृत्वमा पुग्ने व्यक्ति बेलायतको भावी प्रधानमन्त्री बन्नेछन्। 

गत ७ जुनमा बर्तमान प्रधानमन्त्री थेरेसा मेले पार्टी नेतृत्वबाट राजीनामा दिएपछि नयाँ नेतृत्वका लागि १० जनाको मनोनयन दर्ता भएको हो। मे अहिले कार्यबाहक प्रधानमन्त्रीका रुपमा रहेकी छन्।

नेतृत्वको मैदानमा रहेका १० जनाका नाममा मतदानमा लगिने छ। त्यसपछि सबैभन्दा धेरै भोट प्राप्त गर्ने २ जनाबीच पुनः प्रतिस्पर्धा गरिनेछ। भावी प्रधानमन्त्रीलाई सबैभन्दा ठूलो चुनौति ब्रेक्जिटबारे संसदमा लामो समयदेखि अड्किएको प्रस्तावको छिनोफानो हुनेछ।

ब्रेक्जिटकै विषयले प्रधानमन्त्री मेले राजीनामा दिएकी हुन्। त्यसअघि पूर्वप्रधानमन्त्री डेभिड क्याम्रुनले पनि ब्रेक्जिट प्रस्तावकै कारण राजीनामा दिएका थिए। क्यामरुन बेलायत ईयुबाट बाहिरन नहुने पक्षमा थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.