|

काठमाडौं : जोरपाटी-साँखु सडकखण्ड लामो समयदेखि अलपत्र परेपछि स्थानीयबासी आन्दोलित भएका छन् । चाबहिल-बौद्ध सडकखण्ड कालोपत्रे गरिएपनि यो सडकखण्ड ठेकेदारले अलपत्र छाडेपछि स्थानीयबासी सडकमा उत्रेर आन्दोलित भएका हुन्।

जोरपाटी-साँखु क्षेत्रका बासिन्दाले मंगलबार सडकमा टायर बालेर तत्काल सडक पिच गर्न माग गरेका छन् । नेविसंघका नेता तथा स्थानीयबासी मनीष सिंखडाले कागेश्वरी नगरपालिका-४ र ५ का बासिन्दा सडकमा उत्रिएको जानकारी दिए । 

सडक ग्राभेल गर्ने क्रममा ठेकेदारले हिलो माटो सडकमा झारेपछि यहाँ घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलाम्य हुने गरेको छ। सडकको धुलो र हिलो नियन्त्रणका लागि स्थानीयले पटक पटक माग गर्दै आएका छन्।

यहाँका बासिन्दाले सडक तत्काल सडक ग्राभेल गर्न र  एक हप्ताभित्रमा पिच गर्न माग गरेका छन्। स्थानीय व्यवसायी अमृत खड्काका अनुसार ठेकेदारको लापरबाही र ढिलासुस्तीविरुद्ध स्थानीयबासी आन्दोलित भएका हुन्। 

यसक्षेत्रको सडक तीन वर्षदेखि निर्माण नगरी अलपत्र छाडिँदा स्थानीयबासीले ठुलो सास्ती भोग्दै आएका छन् । यसअघि बौद्धक्षेत्रका बासिन्दा र ब्यापारी आन्दोलित भएपछि ठेकेदारले सडक पिच गरेको थियो। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.