|

एजेन्सी : भारतीय वायुसेनाको बेपत्ता एएन-३२ जहाजको केही भाग उद्धारकर्मीले फेला पारेका छन्। सर्च अपरेशनका क्रममा अरुणाचल प्रदेशको लिपोबाट १६ किलोमिटर उत्तरमा विमानको भग्नवाशेष भेटिएको हो।

जहाजको बाँकी भागको खोजीका लागि उद्धारकर्मी जुटेका छन्। यो जहाज जुन ३ मा असमको जोरहाटबाट उडेको थियो। यस जहाजमा ८ चालक दलका सदस्यसहित १३ जना सवार थिए। 

यो जहाज भेटिएको स्थान सियाङ्ग जिल्लाको पयुममा रहेको छ। वायुसेनाले जहाजको भग्नवाशेष बेपत्ता एएन-३२ मालवहाक विमानकै हो भन्‍ने एकिन गर्न बाँकी रहेको जनाएको छ। 

करिब १२ हजार फुटको उचाईमा जहाजको भग्नवाशेष फेला परेको हो। एमआई-१७ हेलिकोप्टर अहिले खोजीमा जुटेको छ। खराब मौसमका बावजुद भारतीय वायुसेनाको मालवहाक विमान एएन-३२ को खोजी अभियान चलाइरहेको छ।

गत बुधवार वायुसेनाले यस विमानको खोजीका लागि एसयु-३० जेट लडाकु विमान, सी १३० जे, एमआई १७ र एएलएच हेलिकप्टर लगाइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.