|

धनगढीः एक महिना बढी समयदेखि बन्द रहेकोे धनगढी विमानस्थल बुधबारदेखि सुचारु हुने भएको छ। धावन मार्गको मर्मत सुधार र पार्किङ क्षेत्र विस्तारको काम अन्तिम चरणमा पुगेकाले बुधबारदेखि विमानस्थलमा नियमित उडान सुरु गर्ने तयारी भइरहेको विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए।

धावनमार्ग र पार्किङ क्षेत्र विस्तारका लागि गत वैशाख २२ गतेदेखि जेठ २१ गते सम्म विमान स्थल बन्द गरिएको थियो। त्यो अवधिमा पनि मर्मत सम्पन्न नभएपछि एक साताको समय थप गरिएको हो। ८५० मिटर लम्बाई र साढे ४ फिट गहिराइको खाडल पुरिसकेपछि कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको विमानस्थलका प्रमुख बुढथापाले बताए।

प्रत्येक १० वर्षमा धावन मार्गको मर्मत र सुधार गर्नुपर्ने भए पनि धनगढी विमानस्थलको धावनमार्ग विगत १४ वर्षदेखि सुधार हुन सकेको थिएन। झन्डै २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग, पार्किङ क्षेत्र विस्तार लगायतको कार्य सुरु भएको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.