|
प्रतीकात्मक तस्बिर

भक्तपुर : घर निर्माणको लागि जग खन्नेक्रममा माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोक सुनखानी गाउँपालिका–५ का अम्मरबहादुर पराजुलीले मध्यपुर थिमि–६ कुण्डोलमा निर्माण गर्न लागेको घरको जग खन्ने क्रममा माटोको ढिस्को पल्टिएर पुरिँदा सिन्धुपाल्चोक घर भई हाल पुरानो थिमी बस्ने ३५ वर्षीया रोजनी खड्काको मृत्यु भएको हो।

सो घटनामा सिन्धुपाल्चोक सुनखानी गाउँपालिका–५ घर भई हाल मध्यपुर थिमि ६ कुण्डोलमा बस्ने ३८ वर्षीय दावा तामाङ घाइते भएका छन्। घटनालगत्तै उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा खड्काको मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

घाइते तामाङको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा महानगरीय प्रहरी वृत्त थिमीको टोलीले थप अनुसन्धान गरिरहेको प्रनाउ पोखरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.