|

चितवन : हर्दि युवा समाज भण्डारा पाँचौं चितवन च्याम्पियनसिप फुटबलनको क्वार्टरफाइनलमा प्रवेस गरेको छ। मंगलबार भएको खेलमा भरव स्पोर्टस क्लब नवलपुरलाई २–० ले पराजित गर्दै भण्डारा क्वार्टरफाइनलमा प्रवेश गरेको हो। 

भण्डारको जितमा जर्सी न १० का समिर तामाङ एक्लैले २ गोल गरे। उनले दोस्रो हाफको १७ औँ र ३० औँ मिनेटमा गोल गरेका थिए। मंगलवारको खेलमा म्यान अफ दि म्याच हर्दि युवा समाज भण्डाराका अनिस तामाङ बने। उनले सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन। यस्तै हरेक दिन एकजना खेल हेर्ने दर्शकलाई दिइँदै आएको मोवाइल उपहार भने ४२६८ नम्बरको टिकट खरिदकर्तालाई परेको आयोजक एभ्ररेष्ट क्लबले जनाएको छ।

हरेक दिन एक जना दर्शकलाई गोलाप्रथामार्फत मोवाइल उपहार दिँदै आएको छ। प्रतियोगिताअन्तर्गत वुधबार रामपुर फुटबल क्लब रामपुर र सुन्धारा फुटबल क्लब काठमाडाैं भिड्ने क्लबका सचिव विकास कोइरालाले जानकारी दिए। 

भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयको खेल मैदानमा जारी प्रतियोगितामा चितवनका ८ र जिल्लाबाहिरका ८ गरी १६ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउनेछ। उपविजेताले एक लाख ५० हजार मेडल, प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने समूहले ५० हजार रुपैयाँका साथै मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.