|

चीनमा भारी वर्षाले जनजीवन प्रभावित पारेको छ भने पछिल्लो जानकारी अनुसार १६ जनाको मृत्यु भएको छ। वर्षाबाट ३.६० लाख जनता प्रभावित बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अहिलेसम्म १ हजार तीन सय ५० घर भत्किनुका साथै १ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानमा लगिएको छ।

क्षेत्रीय अपतकालीन प्रबन्ध विभागका अनुसार बाढीका कारण चीनका ६ शहर धेरै प्रभावित बनेका छन्। सञ्चारमाध्यममा जनाएअनुसार इनमेङ ९ जना र गुआङ्गडोङमा सातको मृत्यु भएको छ भने अझै पनि १ जना बेपत्ता भएको समाचार विवरणहरूमा जनाइएको छ। हुवान शहरको तीन तर्फको भाग बाढीको चपेटमा परेको बताइएको छ। यहाँका १ लाखभन्दा बढी मानिस घरबारविहीन बनेका छन् भने ९५६ घर भत्किएका छन्।

क्षेत्रीय मौसम ब्युरोले मंगलबार बाढी प्रभावित क्षेत्रमा हाइ अलर्ट जारी गरेको छ। यहाँ अघिल्लो २४ घण्टासम्म भारी वर्षा हुने आशंका व्यक्त गरिएको छ। चीनले आपत्कालीन अवस्थामा चार तहको अलर्ट जारी गर्ने गर्छ।

चिनियाँ अधिकारीहरूका अनुसार बाढी प्रभावित क्षेत्रमा चीनको दक्षिणपूर्वी क्षेत्रको जियाङगक्सीमा ३ लाख ३८ हजार एकड क्षेत्रफलको खेती बर्बात भएको छ। स्थानीय प्रशासन प्रभावितहरूको उद्धारका लागि ७ सय फायर फाइटर र २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छन्। प्रारम्भिक तथ्यांक अनुसार बाढीका कारण ५४० मिलियन डरलको क्षति भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.