|

नयाँ दिल्ली : भारतमा विगत दुई हप्तादेखि बढेको ‘अत्यधिक गर्मी’का कारण राजधानी नयाँ दिल्लीबाट झाँसी गइरहेको केरला एक्सप्रेसको रेलभित्रै चार यात्रीको मृत्यु भएको छ 

मृतक रेलयात्री चारैजनाको अत्यधिक गर्मीका कारण मंगलबार मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मृतकमध्ये एक जना ८१ वर्षीय वृद्ध भएको पनि बताइएको छ ।

मृतकको शव झाँसीमा रेलबाट उतारिएको छ । आगराबाट ६५ जनाको एक समूह कोयम्बतूर गइरहेको थियो ।

भारतीय रेल सेवाका प्रवक्ता अजित कूमार सिंहले एएफपीलाई भने, 'रेल यात्रुको मृत्युको कारण अत्यधिक गर्मी हुनसक्ने बताए। यो साँच्चिकै अकल्पनीय र दुर्भाग्यपूर्ण घटना भएको छ ।'

 'रेल जब झाँसी नजिकै पुगेको थियो त्यति नै बेला एक यात्रु विरामी भएको भनेर हामीलाई फोन आयो', उनले भने, 'तत्काल स्वास्थ्यकर्मीसहितको टोली त्यहाँ पुग्दा यस पहिले नै तीन जनाको मृत्यु भइसकेको थियो । एक जनाको उपचारका क्रममा अस्पतालमा निधन भयो।'

उक्त दिन उत्तर प्रदेशको झाँसी र वरपरको तापक्रम ४५ डिग्री सेल्सियस रहेको बताइएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.