|

काठमाडौं: साताव्यापी युरोप भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली यति बेलायतमा छन्। प्रधानमन्त्रीले मंगलबार बेलायतमा राजीनामा दिइसकेकी प्रधानमन्त्रीदेखि त्यहाँका राजकुमारसँगसमेत भेटवार्ता गरेका छन् ।

बेलायत भ्रमणका क्रममा ओलीले समकक्षी टेरिजा मेसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री र पार्टी नेतृत्वबाट राजीनामा दिइसकेको अवस्थामा मेसँग ओलीको भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीले विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्बेन र नेपाल हेर्ने संसदीय समितिका पदाधिकारीसँग भेटवार्ता गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

मगलबारै प्रधानमन्त्रीले राजकुमार ह्यारीसँग पनि भेटवार्ता गरेका छन् । राजकुमार ह्यारी नेपालमा २०७२ मा गएको विनाशकारी भूकम्पपछि पु:निर्माणमा सघाउन नेपाल बसेका थिए।

त्यसैगरी प्रमले बेलायतस्थित नेपाली दूतावासमा गोरखा भूतपूर्व सैनिक संघ, गैरआवासीय नेपाली सङ्गठनका पदाधिकारी र प्रवासी नेपाली मञ्चका सदस्यहरूसँग भेटेका छन्। त्यसक्रममा बेलायतमा रहेका नेपाली नागरिकबारे प्रमले गहिरो चासो राखेका थिए।

युरोप भ्रमणमा क्रममा ओली सोमबार राति बेलायत पुगेका हुन्। बेलायतमा प्रधानमन्त्री अक्सफोर्ड विश्वविद्यालय युनियनको बहसमा सहभागी भए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.