|

दाङ : तुलसीपुर उपमहानगरपालिकाका ११ वटा वडामा  १३८ बालबालिका कुपोषित फेला परेका छन्। तीमध्ये ४७ जना बालबालिका  मात्र सम्पर्कमा आएको स्वास्थ्य महाशाखाले जनाएको छ।

९१ जना कुपोषित बालबालिकाहरू सम्पर्कमा नआएका स्वास्थ्य चौकी टरीगाँउका ‘फोकल’ पर्सन रेणु केसीले बताइन्। युएआईडीको सहयोगमा तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको सुआहारा कार्यक्रमअन्तर्गतवडा नम्बर १० को राईखलियानमा मंगलबार गरिएको कडा शीघ्र कुपोषणको उपचार तथा घरायसी व्यस्थापनसम्बन्धी अभिमुखीकरणमा केसीले सम्पर्कमा आएकामध्ये ४७ जनालाई निको भएको जानकारी दिइन्।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले कुपोषित बालबालिकाको संख्याले अवस्था चिन्ताजनक रहेको बताइन्। उनले टरीगाँउ केन्द्र अन्तर्गत ११ वटा वडाका १३९ जना मध्ये बढी संख्यामा सम्पर्कमा नआउनु चिन्ताको विषय भएको बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.