राजनीति

'प्राथमिकतानुसार ऋण स्वीकार गर्छौँ, जथाभावी गर्दैनौँ'
SHARES

जेठ २९, २०७६

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण  लिने बताएका छन्।  

    बीबीसी वर्ल्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको स्पष्ट पारे।

    ‘हामी लगानीका लागि आमन्त्रण गर्छौँ। हामी आवश्यकता तथा प्राथमिकतानुसार ऋण स्वीकार गर्छौँ, जथाभावी स्वीकार गर्दैनौँ। हामी अरुको अनुभवका विषयमा कुरा गर्न चाहँदैनौँ। हाम्रो अनुभवमा हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ र यसको हिसाबकिताब पनि गरेका छौँ’, नेपाल ‘बेल्ट एण्ड रोड इनिसियटिभ’मा सहभागी भएको बारेको प्रश्नमा ओलीले भने।

    विकासका संरचना निर्माण गर्दा वातावरणमा पर्ने प्रभावका विषयको प्रश्नमा प्रउनले वातावरण सन्तुलनका लागि नेपालले निकै ठूलो योगदान दिएको भन्दै यो वर्ष एक करोडभन्दा बढी रुख रोप्ने अभियान चलाइने जानकारी दिए। ‘हामीले २५ लाख रुख काट्यौँ भने ५० लाख रुख रोप्न सक्छौँ। हामी नदीका लागि पनि काम गरिरहेका छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीसँग ४५ प्रतिशत भूभागमा वन छ।  नेपालको १७ प्रतिशत भूमि हिउँले ढाकेको छ, १३ प्रतिशत भूमि सबै मौसममा हिउँले ढाकेको हुन्छ। यसले पानी पुनः भण्डार र सञ्चयमा सहयोग गरिरहेको छ।’

    नेपालको वनले निकै विश्वको वातावरणमा निकै योगदान दिइरहेको उनको भनाइ छ। विकासको कुरा गर्दा वातावरण क्षय र लापरवाहीको प्रश्न सधैँ देखिए पनि नेपाल यसप्रति सचेत भएको प्रधानमन्त्री ओलीले बताए। 

    अन्तरवार्ताको शुरुमा नवीनसिंह खड्काको सगरमाथा चढ्न जाने यात्रुको लामो लाममा आरोहीले घण्टौँ पर्खनुपर्ने अवस्थाको प्रस्तुति थियो। योवर्ष ११ आरोहीको मृत्यु भएको समाचारमा देखाइएको थियो। 

    प्रस्तुतिमा एक आरोही अलन आर्नेटले  सगरमाथामा यस वर्षको घातक अवस्थाका तीन कारण– सीमित उपयुक्त मौसम दिन, बढी अनुमति तथा बजार प्रतिस्पर्धाका कारण कम्पनीले प्रस्ताव गरेको न्यून मूल्य रहेको बताएका थिए। 

    प्रधानमन्त्री ओलीले यस विषयमा अनावश्यक हल्ला चलेको भन्दै त्यत्ति धेरै अनुमति नदिइएको स्पष्ट पारे, ‘आरोहीले राम्रो मौसमका लागि कुरे। कहिलेकाहीँ उनीहरूले धेरै दिन कुर्नुपर्छ। यसमा पुनर्विचार गर्नु आवश्यक छ। हल्ला गरिएझैँ जटिल अवस्था होइन’, उनले भने। 

    आगामी दिनमा आरोहीलाई अनुमति दिँदा र सम्बन्धित अधिकृतका विषयमा पनि ध्यान दिने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]