|

बलिउडका दुई अभिनेता जोन अब्राहम र इमारान हाशमी भारतीय फिल्मा एकैसाथ काम गर्ने भएका छन्। संजय गुप्ताले निर्माण गर्न लागेको 'ग्याङस्टार ड्रामा' मा अधारित कथामा उनीहरू एकैसाथ देखिने भएका हुन्।

गुप्ताले जोनलाई यस अघि तिनवटा फिल्म गरिसकेका छन्। इमरानलाई लिएर उनले पहिलोपटक काम गर्न लागेका हुन्। ' जोनसँग यसअघि मैले तिन वटा फिल्ममा काम गरिसकेको छु। इमरानसँगको पहिलो सहकार्यका लागि म उत्साहित छु', गुप्ताले भने, ' इमरानसँग म पहिल्यै देखि काम गर्न चाहन्थे।'

फिल्मको नाम तय भइसकेको छैन्। ग्याङस्टार आधारित यस फिल्मलाई गुप्ताको ह्वाइट फेदर फिल्मस् र भूषण कुमारको टिसिरिजले संयूक्त रूपमा निर्माण गर्ने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.