|

काठमाडौः ललितपुर महानगरपालिकाले सात करोड खर्चेर सडक बती राख्ने भएको छ। सडक बत्ती जडान गर्नको लागि विद्युत प्राधिकरणसँग महानगरपालिकाले सम्झौता गरिसकेको छ।

महानगरभित्रका सडकमा आगामी आर्थिक वर्षदेखि सडक बत्ती जडान हुने भएको छ। बत्ती जडान गर्नको लागि विद्युत प्राधिकरणसँग सम्झौता भइसकेको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए। उनका अनुसार सम्झौतामा एक करोड दिइसकेको छ। बाँकी रकम छ करोड काम सम्पन्न भइसकेपछि प्राधिकरणलाई हस्तान्तरण गरिने उनको भनाइ छ।

महानगरले मुख्य सडकमा बत्ती जडान गर्न लागेको प्रवक्ता महर्जनले बताए। उनले भने, 'कुपण्डोलबाट पुल्चोक, लगनखेल, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्को, कुपण्डोलबाट पाटनढोका हुँदै मंलबजार, एकान्तकुनाबाट बुंगमती र सातदोबाटोबाट धापाखेलसम्मको सडकमा बत्ती जडान गर्न लागेको हो।

साउन महिनादेखि महनगरको मुख्य सडकमा सडक बत्ती देखिन सक्ने उनको दाबी छ। नेपालमा पहिलोपटक नै यस्तो सडक बत्ती राखिने भएको उनको भनाइ छ।

विद्युत प्राधिकरणले भारतीय क्वारेन्टाइल कम्पनीलाई सडक बत्ती जडान गर्न दिइसकेको महर्जनले जानकारी दिए। महानगरपालिका भित्र रातिको समयमा सवारी दुर्घटना भइरहेकाले यस्तो गर्न लागिएको  महर्जनले  बताए। सडक बत्ती राखेपछि दुर्घटनामा कमी आउने उनले प्रतिक्रिया दिए।

महानगरका अधिकांश सडकमा बत्ती नभएकोले बत्ती राख्न लागेको महानगर जानकारी दिएको छ। रातको समयमा बत्ती नभएर पैदलयात्रीलाई सास्ती भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.