|

रामलीला, पद्मावत र बाजीराव मस्तानीमा एकसाथ काम गरेका रणवीर र दीपिका पुन एकसाथ देखिने भएका छन्। रिल लाइफमा दर्शकले मन पराएका नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणलाई दर्शकले रियल लाइफमा पनि मन पराए।

वैवाहिक जीवनपश्चात् पनि उनीहरू विवाहित जोडीको रूपमा कविर खानले निर्माण गर्न लागेको फिल्म ८३ मा देखिने छन्।

क्रिकेटर कपिल देवको जीवनीमा आधारित रहेर बन्ने उक्त फिल्ममा  कपिल देवको भूमिकामा रणवीर देखिँदैछन् भने दीपिका यस फिल्ममा कपिलकी श्रीमती रोमी भाटियाको भूमिका निभाउँदैछिन्।

रणवीर सिहंले सेयर गरेको फोटोमा दीपिका खेल्ने खुलासा गर्दै भनेका छन्, 'मेरी पत्नीको अभिनय  मेरी पत्नीले बाहेक कसैले निभाउन सक्दैन। दीपिका रोमीको भूमिकामा देखा पर्नेछिन्। यसका लागि कवीर खानलाई धेरै धन्यवाद।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.