|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतस्थित दूतावासमा त्यहाँका नेपाली समुदायलाई सम्बोधन गरेका छन्। 

फ्रान्स उड्नुअघि दूतावासमा नेपाली समुदायलाई सम्बोधन गर्दै प्रम ओलीले विश्वभर फैलिएको नेपाली समुदाय मिलेर बसेकोमा खुसी व्यक्त गरे।

आफ्नो स्वागतमा आयोजित समारोहमा बोल्दै प्रम ओ‌लीले नेपालीहरु वीर छन् भन्‍ने कुरा सबैभन्दा पहिले बेलायतले थाहा पाएको पनि उल्लेख गरे।

'नेपालीहरु वीर छन भन्‍ने सबैभन्दा पहिले बेलायतले थाहा पायो', उनले भने, 'ब्रिटिस गोर्खाको सुरुवात भएपछि दुनियाँले थाहा पाए।'

उनले नेपाली डायस्पोराको पनि प्रशंसा गरे । 'नेपाली डायसपोरा जहॉ पुगेको छ, त्यहॉका नागरिकलाई धक्का दिएर होइन, मिलेर सहयोगी बनी बसेको छ... म यसमा गर्व गर्छु', ओलीले भनेका छन्। 

प्रधानमन्त्री ओली मंगलबार बेलायतस्थित गोरखा ब्रिगेड एशोसियसनको मुख्यालय पुगेका थिए । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बेलायतको काम्बलीस्थित गोरखा सैनिकहरुको मुख्यालय पुगेर कार्यरत गोरखा सैनिक र तिनका परिवारलाई भेटेका हुन् ।

प्रधानमन्त्री ओलीलाई काम्बर्ली स्थित रोयल मिलिट्री एकेडेमीमा रहेको गोरखा ब्रिगेडको मुख्यालयमा गोरखा सैनिकहरुले गार्ड अफ अनर प्रदान गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.