विश्वकपमा किन बारम्बार यस्तो हुँदैछ ?

|

काठमाडौं : २०१९ को आइसिसी विश्वकप क्रिकेटमा स्टम्पमा रहने गिल्लीको चर्चा केन्द्रमा आएको छ। गिल्ली नझरेसम्म ब्याटस्म्यान आउट भएको मानिँदैन, चाहे बल जति जोडले स्टम्पमा लागेको होस्। यस विश्वकपमा ५ पटक यस्तो भइसकेको छ। बल स्टम्पमा लागे पनि गिल्ली झरेको छैन। 

खेल १.
आइसीसी विश्वकप २०१९ अन्तर्गत इङ्ल्याण्ड र दक्षिण अफ्रिकाको खेल चलिरहेको थियो। एघारौं ओभर चल्दै गर्दा स्ट्राइकमा थिए, क्वीन्टन डिकक्। इङल्याण्डका लेग स्पिनर आदिल रशीदले बल प्mयाँके। त्यस बेला के भयो? कैसैले सम्झन सकेनन्। 

लेग स्टम्पको पछाडी झरेको बललाई डिकक्ले रिवर्स स्वीप गर्ने कोशिश गरे। तर बल ब्याट्मा छोएर अफ स्टम्पमा लाग्यो। त्यसपछि पछाडि बाउन्ड्रीमा गयो। आदिललाई लाग्यो डिकक्लाई बोल्ड आउट गरेँ। अहँ, तर त्यस्तो भएन। बल स्टम्पमा लागे पनि गिल्ली झरेन। त्यसकारण डिकक् आउट भएनन्। बरु उनको खातामा अरु ४ रन थपियो। 

खेल २.
न्युजिल्याण्ड र श्रीलङ्काको खेलमा छैटौं ओभर चल्दै थियो। तीव्र गतीका बलर टेन्ट्र बोल्टले श्रीलङ्काका ब्याटस्म्यान कारुणारत्नेविरुद्ध बल प्mयाँक्दै थिए। कारुणारत्नेले बललाई पछाडि सट खेल्ने कोशिश गरे। ब्याटमा एज लाग्दै बल पछाडि गयो। तर त्यसअघि स्टम्पलाई छुन पुग्यो। कारुणारत्नेलाई भाग्यले साथ दियो। स्टम्पमा बल लागे पनि गिल्ली झरेन। त्यसबेला पनि उनी नट आउट रहे।

खेल ३.
अष्ट्रेलिया र वेष्टइण्डिजको खेलमा पनि यस्तै भयो। वेष्टइण्डिजविरुद्ध तेश्रो ओभरमा बलिङ गर्दै थिए मिचेल स्टार्क। स्ट्राइकमा थिए क्रिस्टोफर हेनरी गेल। स्टार्कले विकेट किपरबाट क्याच आउट भएको अपिल गरे। केही आवाज सुनिएकाले अम्पायरले पनि आउटको पैmसला गरे। तर गेलले फैसलालाई चुनौती दिँदै रिभ्यु मागे। रिभ्युबाट थाहा भयो, बल ब्याटमा नभइ स्टम्पमा लागेको थियो। अफ स्टम्पलाई छोएर बल गए पनि गिल्ली झरेन। अम्पायरले आफनो निर्णय बदले गेल नटआउट रहे।

खेल ४.
इङ्ल्याण्ड र बंगलादेशको खेल चलिरहेको थियो। ४६ औं ओभरमा बेन स्टोक्स् बलिङ गर्दै थिए। ब्याटिङमा थिए मोहम्मद सैफुद्धिन। स्टोक्स्को सट बलमा सैफुद्धिनले अगाडि बढेर कडा प्रहार गर्ने कोशिश गरे। तर बल उनको शरीर हुँदै स्टम्पमा ठोक्किन पुग्यो। २२ वर्षीय सैफुद्धिनले आफुलाई भाग्यमानी ठाने। किनकी, स्टम्पमा बलले लाग्यो तर गिल्ली झरेन।

खेल ५.
भारत र अष्ट्रेलियाको खेलमा पनि यस्तै दृष्य देखियो। अष्टेलियाविरुद्ध दोश्रो ओभर लिएर आएका थिए जसप्रित बुमराह। स्ट्राइकमा थिए डेभिड वार्नर। बुमराहको तीव्र गतिको बललाई वार्नरले रोक्न चाहे।  तर ब्याटमा भित्री किनारा लाग्दै बल गएर स्टम्प लागिदियो। बुमराहले खुशी मनाए। तर, त्यो धेरै बेर टिकेन। बल स्टम्प लागे पनि गिल्ली झरेन। 

किन हुन्छ यस्तो?

यस वर्षको विश्वकपमा फ्ल्यासिङ लाइट्स जडान भएको गिल्ली प्रयोग गएिको छ। त्यहीकारण गिल्लीको वजन बढी छ। अष्ट्रेलियाका कप्तान आरोन फिन्चले भार ज्यादा भएका कारण गिल्ली नझरेको अनुमान गरेका छन्। 

कसैले स्टम्पमा रहेको गिल्ली अड्याउने घाट अझ गहिरो बनाएका कारण गिल्ली सजिलै नझरेको बताउने गरेका छन्। यद्यपी आईसिसीले भने गिल्लीमा समस्या नरहेको बताएको छ।

सामान्य गिल्ली भन्दा वजनदार भए पनि तीव्र हावा चलेका बेला चलाइने भन्दा कम वजनको गिल्ली विश्वकपमा प्रयोग भएको आईसिसीले स्पष्टिकरण दिएको छ। आईसीसीले आफ्नो तर्क राखिरहँदा यो विश्वकपका १५ खेलमा ५ पटक गिल्ली नझरेपछि प्रश्न उठेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.