|

मुगु : छायानाथ रारा नगरपालिका २ गमगढी बजारमा रहेको एक निजी विद्यालयको भवन भत्किदा दुई जना घाइते भएका छन्।

सदरमुकाम गमगढीस्थित थापा मेमोरियल बोर्डिङ स्कुलको छ कोठे भवनको दुई कोठा भवन अपरान्ह दुई बजेतिर एक्कासी भत्किदा विद्यालयका शिक्षक किस्मत आचार्य र युकेजीमा अध्ययनरत विद्यार्थी सुजन शाही घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइते दुवै जनाको अवस्था समान्य रहेको बताइएको छ। विद्यालयको कार्यालय कक्ष र तलको कक्षा कोठा पूर्ण रुपले भत्किएका छन्। मानवीय केहि नभए पनि भौतिक क्षेति धेरै भएको छ। क्षतिको विवरण आउन बाँकी रहेको  प्रहरीले जनाएको छ।

भत्किएको स्थान पन्छाउन नेपाली सेना, सशस्त्र प्रहरी वल, नेपाल प्रहरी खटिएको छ भने सर्वसाधारण तथा अभिभावक आफ्ना बालबालिका परेकी भन्ने त्रसित बनेबा छन्। भवन के कारण भत्किएको हो भन्ने पनि खुल्न सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.