|

नवलपरासी : पश्चिम बर्दघाट नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सिलिङको छलफलका लागि बसेको कार्यपालिकाको बैठक ६ अध्यक्षले बहिस्कार गरेका छन्। नगरपालिकाले सबै बजेट नगर केन्द्रीत गरेको भन्दै उनीलेहरूले विरोध जनाउँदै बहिस्कार गरेका हुन्।

वडामा अत्यन्त न्यून बजेट विनियोजन गरेको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरूले नगर कार्यपालिकाको बैठक वहिस्कार गरी बाहिरिएका हुन्।

बजेट सिलिङबारे छलफल गर्नका लागि थप समय माग गर्दा दुई मिनेटमा पास गर्नुपर्छ भनेर नगर प्रमुखले समय उपलब्ध नगराएको उनीहरूको आरोप छ। बजेट विकेन्द्रिकृत गर्न संसोधन गर्न माग गर्दा बहुमतको दम्ब देखाएर नगर प्रमुखले एकलौटि निर्णय गर्न खोजेकोले आफूहरूले बैठक बहिस्कार गरेको वडा नम्बर १० का वडा अध्यक्ष राजु मिश्रले बताए।

एकलौटी ढंगले बजेटको छलफल अगाडि बढाएए आमजनतालाई सुसूचित बनाएर आन्दोलनमा उत्रिने र आफ्ना कुराहरू सुनुवाई नभए नगर कार्यपालिकामा तालाबन्दीसमेत गरिदिने चेतावनी बैठक बहिकार गरेका अध्यक्षहरूको छ।

नगर प्रमुख धिरज शर्माले भने बजेट निर्माण प्रकृयाका लागि अत्यन्त छोटो भएको र छिटै पास गर्नुपर्ने भएकोले छोटो समयमा अध्ययन गरेर धारणा व्यक्त गर्नका लागि आग्रह गरिएको तर उनीहरूले दुई दिनको समय माग गरेको बताए। उनीहरू माग गरे अनुसार समय उपलब्ध गराउन नसकिने उनीको जिकर छ।

शर्माले गत वर्षको तुलनामा बर्दघाट नगरपालिकामा केन्द्रबाट आएको बजेटमा जम्मा ३ प्रतिशत मात्र वृद्धि भएको र नगरपालिकाले वडामा पठाउने बजेटमा समग्रमा ५ प्रतिशत वृद्धि गरिएको बताए।

उनले यस वर्ष कर्मचारीको तलब वृद्धि भएको, नगर प्रहरी राख्नुपर्ने र सामाजिक सुरक्षा भत्ता वृद्धि  र अन्य खर्च पनि बढेकोले पर्याप्त रकम विनियोजन गर्न नसकिएको कुरा जानकारी हुँदाहुँदै नियोजित रूपमा अध्यक्षहरूले बैठक बहिस्कार गरेको बताए।

नगर कार्यपालिकाको बैठक वडा नम्बर ६ का अध्यक्ष रोहित थारू, वडा नम्बर ७ का अध्यक्ष ध्रुव थारू, वडा नम्बर १० का अध्यक्ष राजु मिश्र, वडा नम्बर ११ का तीर्थराज फौजदार वडा नम्बर १५ का बलबहादुर बलाल र वडा नम्बर १६ का वडा अध्यक्ष शुकबहादुर गुरुङले बहिस्कार गरेका हुन्।

असहमती जनाउँदै कांग्रेसबाट निर्वाचित वडा अध्यक्षले बैठक बहिस्कार गरे पनि कार्यपालिका बैठकले वडामा पठाउने बजेट सिलिङ पास गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.