|
File Photo

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकभित्रै रहेको पूँजी परिचालन र सुशासनमा जोड दिन सरकारलाई सुझाव दिएका छन्।

प्रवक्ता श्रेष्ठले पूँजी परिचालन गर्ने क्षमताको विकास नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने पनि स्पष्ट पारे। बुधबार ललितपुरमा सानो पाइला नामक संस्थाले संचालनमा ल्याएको ‘काश्य ज्वेलरी’ शोरुमको उद्घाटन गर्दै उनले वैदेशिक लगानीमात्रै भित्र्याएर मुलुकको विकास र समृद्धिको कामलाई तीव्रता दिन सकिन्छ भन्ने सोच सही नभएको पनि स्पष्ट पारे।

प्रवक्ता श्रेष्ठले देशभित्रै उद्यमशीलताको विकास गरेर मुलुकलाई समृद्धिको अभियानमा अघि बढाउन युवाहरुलाई पनि आह्वान गरे। उनले सरकार एक्लैको प्रयासले मात्रै मुलुकलाई समृद्ध बनाउन नसकिने पनि दोहोर्‍याए। उनले व्यापारलाई समाज सेवाको अंगको रुपमा विकास गर्नुपर्नेमा पनि जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.