कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका २ बाणि चौराका २४ वर्षीय पुष्कर नाथलाई प्रहरीले अपांगता भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा बुधबार पक्राउ गरेको छ।
प्रहरीका अनुसार नाथले गत शनिबार सोही ठाउँकी हात र जिब्रो अपांगाता भएकी किशोरीलाई बलात्कार गरी फरार भएका थिए।
अस्थायी प्रहरी पोष्ट वाणिबाट खटिएको टोलीले लुकिछिपि बसेको अवस्थामा सुकुम्बासी शिविरबाट नाथलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर विष्टले बताए।
पक्राउ परेका नाथलाई इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखि थप अनुसन्धानको कार्य भइरहेको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।