|
विष्णु रिमालको ट्विटबाट

काठमाडौं : साताव्यापी भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतबाट बुधबार भूमिगत रेलमा फ्रान्सतिर लागेका छन्। बुधबार बेलायतमा नेपाली समुदाय र गोर्खा सैनिकसँग भेट गरेपछि ओली भूमिगत रेल (युरो टनेल) चढेर लण्डनबाट पेरिसतर्फ लागेका हुन्। 

प्रधानमन्त्री ओली भूमिगत रेल चढेर फ्रान्सतर्फ हिँडेको तस्बिर उनका प्रमुख सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । 

बेलायत र फ्रान्सको बीचमा रहेको इङ्लिस च्यानलमुनिबाट बनाइएको ५० किलोमिटर लामो सुरूङ मार्ग हुँदै चल्ने रेलमा ओली र उनको भ्रमण दलका सदस्य फ्रान्सतर्फ गएका हुन्। 

प्रधानमन्त्री ओली पेरिस पुगेपछि बिहीबार त्यहाँका प्रधानमन्त्री इडियार्डो फिलिपेसँग भेटवार्ता गर्नेछन्। यसअघि प्रधानमन्त्री स्विटजरल्यान्डको जेनेभा हुँदै बेलायतको लण्डन पुगेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.