जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका परिसरमै बम विस्फोट भएको छ। बुधवार मध्य रातमा भएको बम विस्फोटबाट कार्यालयको पर्खाल भत्केको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी सेखर खनालका अनुसार विस्फोट कसले र किन गराएको विषयमा केहि खुल्न नसकेको जानकारी दिए। उनका अनुसार विस्फोटबाट सामान्य क्षति पुगेको छ। मानवीय क्षति भएको छैन्।
कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय धनुषाधामका इन्सपेक्टर हिरणकुमार यादवले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।