|

मुगु  : जिल्ला अस्पताल  मुगुमा सर्पदंशको औषधि अभाव छ। सर्पले ड्सेर उपचार गर्न जिल्ला अस्पताल मुगुमा उपचार गर्न आउने बिरामी सर्पदंशको औषधि नपाएर रित्तो हात फर्कन बाध्य भएका छन। त्यस्तै रित्तो हात फकिर्नु परेको छायाँनाथ रारा नगरपालिका ४ भामवाडा गाउँकी राम माया भामले गुनासो गरिन।

मंगलबार  भामलाई घरनजिकै घाँस काट्ने क्रममा लाई सर्पले डसेको थियो। उपचारका लागि जिल्ला अस्पतल आउँदै गर्दा अस्पतालका मेडिकल अधिकृत डबलबहादुर मल्लले  जिल्ला अस्पतालमा सर्पदंशको औषधि अभाव छ भन्दै मेडिकलमा समान्य उपचारपछि बाहिर जिल्ला जान सल्लाह दिए। तत्काल बाहिर जिल्ला लिनु पर्ने मुगुमा सर्पदंशको औषधि अभावमा छ भन्ने पछि आफू छांगा बाट खसे जस्तै भएको बिरामीले गुनासो गरिने।

डाक्टरले तत्काल लिनु पर्न भने पनि यातायाताको सहज पहुँच नहुँदा बुधबार मात्र उपाचारका लागि नेपालगञ्ज भरी अस्पतालमा लगिएको र उपचार भइरहेको बिरामीका आफन्त धीरेन्द्र महतारले जानकारी दिए। यता जिल्ला अस्पता मुगुका मेडिकल अधिकृत मल्लका अनुसार जिल्ला अस्पताल मुगुमा लामो समयदेखि सर्पदंशको औषधि अभाव भएको बताए।

मुगुमा खासै सर्पदंशको औषधि  नआउने र  सर्पदंशका बिरामी पनि नआउने भएकाले यस्तो भएको हो। हिमाली जिल्लामा सर्पदंशको समस्या छैनन भन्दै औषधि नपठाउने गरेकाे छ। आएका बिरामीलाई औषधि अभावले गर्दा बाहिर जिल्ला पठाउनुको बिकल्प नभएको डाक्टर मल्लको भनाई छ। भौगौलिक विकटता यातायातको सहज पहुँच नहुँदा मुगुका बिरामीले औषधि अभावमा अकालमा ज्यान गुमाइरहेका छन।

सुविधा सम्पन्न अस्पतलमा पुग्न हवाई जहाजको पखाइमा बस्नुपर्ने हुन्छ कहिले काहिँ मौसम आएको खराबीका कारण हवाई जहाज नआएको खण्डमा बिरामीलाई मर्नुबाहेक अरु उपाया छैनन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.