|

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपद् जोखिम न्यूनिकरणका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। उनले प्रदेश २ हरेक खालका विपद्को जोखिममा रहेको बताएका हुन्।

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन र मनसुन पूर्व तयारीसम्बन्धी जनकपुरमा आयोजित अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री राउतले भने, ‘विगतमा सरकारको गलत नीतिका कारण विपदबाट अत्यधिक क्षति हुन्थ्यो। तर अब त्यस्तो हुँदैन। विपद् जोखिम न्यूनिकरणका लागि ऐन बनाइसक्यौं। अब विपद्बाट बच्न र सकभर क्षति कम गर्ने खालको आपतकालिन योजना बनाउने तयारी गरेका छौं।’

सहकार्य तथा समन्वयको अभावमा विगतमा विपद्बाट अत्यधिक क्षति भएको भन्दै अब सहकार्य र समन्वय बढाउनुपर्नेमा जोड दिए। उनले संघीय सरकारले पनि पहिलो पटक बनाएको आपतकालिन योजना सही ढंगले कार्यान्वयण हुनुपर्ने बताए। उनले विपद् जोखिम न्यूनिकरण प्राधिकरण गठन गर्ने पनि बताए।

यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादपले विपद् जोखिम न्यूनीकरणसम्बन्धी ऐन बनाइसकेको तर त्यसमा प्राधिकरण गठन गर्ने कुरा छुटेकाले संशोधन गर्ने बताए। उनले प्राधिकरण गठन गर्ने विषय समेट्न ऐन संशोधनको प्रस्ताव समेत हाउसमा लगिसकेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.