|

जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिका-४ को कार्यालयमा बिहीबार स्थानीयले तालाबन्दी गरेका छन्। वडाध्यक्ष किशोरी यादव विगत एक सातादेखि कार्यालयमा नआएपछि आक्रोसित स्थानीय ताला लगाएका हुन्।

वडाध्यक्ष जनकपुर बस्दा कार्यालयमा पुग्ने सेवाग्राही कामकाज नै गराउन नसकिरहेका कारण तालाबन्दी गरेको स्थानीय राजपा नेता लालबाबु यादबले बताए। उनले भने, ‘वडाध्यक्ष यादब कहिल्यै कार्यालयमा बस्दैन। जसका सेवाग्राही समस्या भोग्न बाध्य छन्।’

झोलामै कार्यालयको लेटरप्याड र छाप बोकेर वडाध्यक्ष यादव हिड्ने गरेको र आफ्ना नजिकका व्यक्तिको मात्र काम गर्ने गरेको स्थानीयले आरोप लगाएका छन्। विकास निर्माणको कामका लागि कार्यआदेश दिने समय भोलिसम्म मात्र रहेको तर आज पनि वडाध्यक्ष कार्यालयमा पुगेको थिएन्।

कार्यालयमा बसेर सेवाग्राहीलाई सहज रुपले सेवा दिनुपर्ने स्थानीयको माग छ। तालाबन्दी गर्न सयौंको संख्यामा स्थानीय वडा कार्यालय पुगेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.