|

काठमाडौं : बुद्धि तामाङ ‘हैट’ लाई उमेश राई ‘फुलन्देकी आमा’ले चैट बनाइदिने धम्की दिएकी छिन्। यो धम्की वास्तविक नभई गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको गीत ‘बुढेशकालको लौरी’ मा देखाइएको एक रोमान्टिक गीतको कथा हो।  बुद्धि र फुन्देको आमाको चर्चा शिखरमा रहेका बेला उनीहरूको नयाँ गीतले अहिले राम्रो चर्चा पाइरहेको छ।

गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको गीत चर्चित संगीतकार दीपक शर्माले आफ्नो कथामा ढालेका छन् शब्द मार्फत। जसमा शर्माकै संगीत रहेको छ। निर्देशक युवराज वाईवाले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका छन् भने  सम्पादन विकाश दाहालले गरेका छन्।

भिडियो फुलेन्देको आमा बोलको च्यानलबाट सार्वजनिक गरिएको भिडियोले जीवन साथी भनेको दिन उमेर र वैँश छँदा मात्रै नभई बुढेसकालको सहारा पनि हो है भन्न खोजेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.